काठमाडौं : स्वास्थ्य क्षेत्रका बेथिति हटाउन माग गर्दै जुम्लामा अनसनरत डा. गाेविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि उपचारका लागि काठमाडाैं ल्याउने तयारी भर्इरहेको छ ।
गत २० दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत केसीलार्इ उपचारका लागि बिहिबार काठमाडाैं ल्याउने निर्णयमा सत्ताधारी (ने.क.पा.) पुगेको छ ।
सम्भवत : बिहिबार बिहानै केसीलार्इ हेलिकोप्टरमार्फत काठमाडाैं ल्यार्इने छ । तर केसीलार्इ कतिखेर काठमाडाैं ल्यार्इन्छ भन्नेबारे सरकारी अधिकारीहरूले अहिलेसम्म कुनै जानकारी दिएका छैनन् ।
स्वास्थ्य स्थिति नाजुक भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै केसीको उपचार भर्इरहेको छ । तर प्रतिष्ठानका चिकित्सकहरूले केसीलार्इ सिसियुमा राख्नुपर्ने भन्दै तत्काल एअर एम्बुलेन्समार्फत उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजान अाग्रह गरिरहेका छन् ।
यता, केसीले भने बुधबारसम्म पनि अाफु उपचारका नाममा अनसन त्यागेर कतै नजाने र सरकारले स्वास्थ्य क्षेत्रका विकृतिलार्इ हटाउन तयार हुनुपर्ने बताएका थिए ।
केसीसँग कुरा गर्न सरकारले वार्ता टोली गठन गरेपनि मन्त्रीस्तरमै वार्ता र छलफल हुनुपर्ने माग उनका समर्थकहरूले गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया