भ्रष्टाचार अभियोगमा ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ३ स्थित श्री ज्योति बहुमुखी क्याम्पसका लागि भवन तथा सडक निर्माणमा अनियमितता भएको ठहर गर्दै अख्तियारले आइतार मुद्दा दायर गरेको हो ।
साविक ठाडा गाविस वडा नं १ का सचिव हिम बहादुर भाट र तत्कालीन असिस्टेन्ट सबइन्जिनियर तिल बहादुर रानासमेत प्रतिवादी भएको मुद्दामा २ लाख ७७ हजा। ५५१ रुपैयाँ हानिनोक्सानी पुर्याएको जिकिर गरिएको छ ।
मुद्दामा भवन निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष राम प्रसाद बेल्बासे, उपाध्यक्ष यमेन्द्र पौडेल र सचिव माधव प्रसाद श्रेष्ठले फिल्डमा भए गरेको कामहरु वास्तविक रुपमा भएको कार्यभन्दा बढी मूल्याङकन गरी गराई भुक्तानी माग गर्ने र कार्य सम्पन्न भएको भनी कार्य सम्झौता विपरित कार्य गरेकाले उनीहरुलाई पनि प्रतिवादी बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया