वैदेशिक रोजगारीमा जाने १५ प्रतिशत घटे

काठमाडाै-वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्दै गइरहेको तथ्यांक सार्वजनिक भएको छ ।

विगत ३ वर्षको तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १५ प्रतिशतभन्दा बढीले घट्दै गइरहेको देखिएको छ । आर्थिक वर्ष २०७२-२०७३ मा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ४ लाख १८ हजार ७ सय १३ बाट १५.४३ प्रतिशत अर्थात ६४ हजार ६ सय ३१ ले घटेर गत आवमा ३ लाख ५४ हजार ८२ मा सीमित भएको छ ।

यसरी हेर्दा विगत ३ वर्षमा बर्सेनि ८ प्रतिशतभन्दा बढीले घट्दै गइरहेको देखिन्छ । काराेबार दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?