कस्तो छ डा‍. गाेविन्द केसीको स्वास्थ्य अवस्था ?

काठमाडाै-केही दिनदेखि घाँटी र हातको नसाबाट सुरु भएको संक्रमण बुधबारबाट स्लाइन चढाउन खोलिएको दोस्रो हातमा पनि फैलिएको छ । संक्रमणका कारण हात सुन्निएका छन् । ‘केसीको नसाहरूमा संक्रमण बढ्दै गएपछि दुखाइ कम गर्न हातमा पट्टी बाँधिएको छ, तर त्यसले खास भिन्नता भने ल्याएको छैन,’ चिकित्सक सिद्धार्थ खातीले भने, ‘यसरी नसा नै प्रभावित भएको अवस्थामा रगतमा संक्रमण सजिलैसँग फैलन्छ, अझ सेतो रक्तकोषिकाको मात्रा घट्दै गएकाले शरीरभर संक्रमण फैलिएर सेप्सिस हुने सम्भावना उच्च छ ।’ अहिले उनलाई सेप्सिसका प्रारम्भिक लक्षण देखिन थालेको चिकित्सकहरूले बताएका छन् । रगतमा सेतो रक्तकोषिकाको संख्या घट्दै गएपछि शरीरमा कीटाणुसँग लड्न सक्ने क्षमता कम हुँदै गएको छ ।

‘रगतबाट फैलिएको सेप्सिसका कारण मिर्गौला, कलेजो, फोक्सोलगायत अंगले बिस्तारै काम गर्न छाड्छन् । केही दिनमै बिरामीको मृत्यु हुन सक्छ,’ चिकित्सक धीरज गुरुङले भने, ‘हामीलाई राम्रोसँग थाह छ, केसीलाई एकपटक सेप्सिस भइहाले स्वास्थ्यस्थिति काबुभन्दा बाहिर जानेछ ।’ नयाँ पत्रिकामा खबर छापिएका‍े छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?