निर्मल पुर्जाको ‘बियोण्ड पसिबल’ किताब नेपाली भाषामा प्रकाशन हुने

लोकपथ
77
Shares

काठमाडाैं । निर्मल पुर्जा अर्थात (निम्स दाई)को पुस्तक ‘बियोण्ड पसिबल’ नेपाली भाषामा प्रकाशन हुनेभएको छ । नेपालका ‘वी रिड’ प्रकाशनले यस पुस्तकलाई नेपाली भाषामा प्रकाशन गर्नेभएको छ ।

बेलायतको चर्चित म्यागजिन ‘The Sunday Times’ का अनुसार ‘Top 10 Best Seller’ किताबहरु मध्येमा एक हुन् निर्मल पुर्जाको ‘बियोण्ड पसिबल’ । विभिन्न म्यागजिनमा किताबको बारे राम्रो समिक्षा गरिएको छ । अमेजन र गुडरिड्स जस्ता साइटहरुमा पनि किताबले ४.५ को रेटिङ पाएका छ । हालसम्म यो पुस्तक फ्रेन्च, बुलगेरियन, इटालियन, स्पेनिस, पोलिस, रसियन र अग्रेंजीलगायत ७ वटा भाषामा प्रकाशित भइसकेको छ । ३२० पृष्ठको यो पुस्तक नोभेम्बर १२, २०२० को दिन विश्वबजारमा आएको थियो ।

निर्मल पुर्जा नेपालको म्याग्दी जिल्ला, अन्नपूर्ण गाँपालिका-३, दाना भन्ने ठाँउमा सन् १९८३ मा जन्मिएका हुन् । ब्रिटिस सेनामा १६ वर्ष काम गरेका निर्मलले १० वर्ष युके स्पेशल फोर्सेस (यूकेएसएफ) मा बिताएका थिए ।

पुर्जा एक कीर्तिमानी हिमाल आरोही हुन् । उनले ७ महिनाभन्दा कम अवधि (१८९) दिनमा समुद्री सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै १४ वटा हिमालको सफल आरोहण गरेका हुन् ।

बेलायतको Hodder & Stoughton प्रकाशन गृहले ‘बियोण्ड पसिबल’ पुस्तक अंग्रेजी भाषामा पहिले प्रकाशन गरिसकेको छ । ‘वी रिड’ प्रकाशनले यस पुस्तकलाई नेपाली भाषामा प्रकाशन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?