नेकपाको विधान परिमार्जन : पार्टीका बैठकमा ओली र प्रचण्डको संयुक्त अध्यक्षता

काठमाडाै-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संयुक्त अध्यक्षात्मक प्रणालीबाट सञ्चालन हुने भएको छ ।
आलोपालो अध्यक्षताबाट बैठक सञ्चालन गर्ने यसअघिको प्रस्तावित व्यवस्थाविपरीत अध्यक्षद्वय ओली र प्रचण्ड संयुक्त अध्यक्षताबाट पार्टी सञ्चालन गर्न सहमत भएका हुन् ।
 अब केन्द्रीय सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी बैठक संयुक्त अध्यक्षात्मक प्रणालीबाट चल्नेछन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।
दुई अध्यक्षबीचको सहमतिअनुसार नै पार्टी विधान पारित भएको छ । मंगलबारको सचिवालय बैठकले विधान र नियमावली पारित गरेपछि महासचिव विष्णु पौडेलले छपाइका लागि प्रेसमा पठाउनुअघि बुधबार अध्यक्षद्वयसँग अन्तिम परामर्श गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?