नयाँ बानेश्वरमा आगलागी

लोकपथ
1.1k
Shares

काठमाडौं । राजधानीको बानेश्वरमा आगलागी भएको छ । अर्याल होटल नजिकैको घरमा रहेको जेनेरेटर सर्ट भएर अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले आगलागीबाट एउटा स्कुटर जलेको जानकारी दिए ।

उनले आगलागी अहिले नियन्त्रणमा आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?