एमालेसँग तालमेल गरेको राप्रपा नेपालले ललितपुर र गोदावरीमा माग्यो उपमेयर

लोकपथ
721
Shares

काठमाडौं । एमालेसँग तालमेल गर्ने सहमति गरेको राप्रपा नेपालले ललितपुरको गोदावरी र ललितपुर महानगरपालिकामा उपमेयर पद मागेको छ । यस्तै राप्रपा नेपालले केही वडा अध्यक्ष पनि पार्टीले पाउनुपर्ने माग गरेको छ ।

आज ललितपुरस्थित नेकपा एमालेको पार्टी कार्यालयमा बसेको दुवै पार्टीका प्रतिनिधिहरुबीचको बैठकमा राप्रपा नेपालले सो माग अघि सारेको हो ।

‘हामीले नगरका वडाहरुमा पनि दाबी गरेका छौँ’, बैठकपछि राप्रपा नेपालका ललितपुर अध्यक्ष राजेन्द्र महर्जनले भने ।

उनले दुई पार्टी आपसमा बसेर सौहार्दपूर्ण रुपमा सबै कुरा टुङ्गो लगाउने पनि बताए ।

बैठकमा एमाले ललितपुर अध्यक्ष पुरुषोत्तम दाहाल, प्रदेश सदस्य बाबुकाजी प्रधान र राप्रपा नेपालबाट जिल्ला अध्यक्ष राजेन्द्र महर्जन, जिल्ला उपाध्यक्ष गोबिन्द खड्का र जिल्ला सचिव अमर मालिलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?