काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर त्रुटिका कारण शिक्षा विभागका महानिर्देशकसहित ४ सहसचिव कामविहीन भएका छन । तीन निकायमा कार्यरत करिब २ सय कर्मचारी हिजोदेखि हाजिर गरेर फर्किएका छन् ।
नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।
नयाँ गठन भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले के काम गर्ने भन्ने विषयमा टुंगो लागेको छैन । गएको जेठ ६ गते मन्त्री परिषद्को बैठकले नयाँ निकाय केन्द्र गठन गर्ने निर्णय भएको थियो । निर्णय भएको झन्डै दुई महिना पुग्नै लाग्दा सरकारले खारेज हुने निकायको व्यवस्थापन गर्न सकेको थिएन । अस्ति साउन १ गतेदेखि शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्र खारेज भएको हो । खारेज गर्नु अघि नै संगठन संरचनाअनुसार जिम्मेवारी तोक्नुपर्ने मन्त्रालयले हिजो बुधबारसम्म कुनै जिम्मेवारी दिएको छैन । केन्द्रको महानिर्देशक को हुने भन्ने विषयमा समेत निर्णय गर्न सकेको छैन ।‘यस्तो अवस्थामा कसरी मन्त्रालय सञ्चालन गर्ने ? तीन निकाय खारेज भइसक्दा पनि मन्त्रालयले नयाँ संरचना सञ्चालन गर्ने विषयमा कुनै निर्णय गरेको छैन, यस्तो अवस्थामा कसरी काम गर्ने भन्ने विषय अन्योलमा परेको छ’ –खारेज भएका निकायका कर्मचारीको आरोप छ । मन्त्रालयले साउन १ गते खारेज भएका विभाग, अनौपचारिक शिक्षा केन्द्र र शैक्षिक जनशक्ति विकास केन्द्रलाई आपसी समन्वय गरेर आवश्यक व्यवस्थापन गर्न निर्देशन सहितको पत्र पठाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया