निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा

लोकपथ
182
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । आफूलाई गरिएको निलम्बन खारेजीको माग गर्दै उनले आइतबार रिट निवेदन दिएका हुन् ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले निलम्बिन गभर्नर अधिकारीले अदालतमा रिट पेस गरेको र सोमाथि अध्ययन भइरहेको जानकारी दिए ।

सरकारले गत चैत २५ गते अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको हो । आफूलाई निलम्बन गर्ने सरकारको निर्णय असंवैधानिक रहेको जिकिर रिट निवेदनमा गरिएको छ ।

उनले निलम्बनको निर्णय खारेज गरी आफ्नो पुनर्वहालीको माग रिट निवेदनमार्फत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?