अाकस्मिक सेवा बाहेक देशभरका स्वास्थ्यसंस्था बन्द

काठमाडौं  : नेपाल मेडिकल संघको अाव्हानमा अाज (बिहिबार) देशभरको स्वास्थ्यसंस्था बन्द गरिएको छ । 

सरकारले मेडिकल माफियालार्इ पोस्नेगरि चिकित्सा शिक्षा विधेयक संशोधन गर्न खोजेको र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अामरण अनसनरत डा. गोबिन्द केसीका मागप्रति वेवास्ता गरेको जनाउँदै मेडिकल संघले बन्द अाब्हान गरेको हो । 

तर, अाफुलार्इ सत्ताधारी (ने.क.पा.) को कार्यकर्ता दाबी गर्ने चिकित्सकहरूले भने गोबिन्द केसी पक्षधरले सरकारलार्इ दबाब दिन अाब्हान गरेको बन्द अाफुहरूले बहिस्कार गर्ने अाशयको विज्ञप्ति जारी गरेको छ ।

 नेपाल मेडिकल संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै डाक्टर केसीको माग पूरा गर्न  सरकारलाई दबाब दिन भन्दै बन्दको घोषणा गरेको थियो । ''आमरण अनसनको १९ औं दिनसम्म पनि नेपाल सरकारले गम्भिरता प्रदर्शन नगर्नु, डा. के.सी.ले उठाएका जायज मागहरुका सम्बन्धमा कुनै पनि ठोस कदम अगाडी नबढाउनु, चिकित्सक, स्वास्थ्यकर्मी तथा सर्वसाधारण नागरिकहरुले देशभर देखाएको ऐक्यबद्धता, धैर्यता र शान्तिपूर्ण आवाजलाई सम्बोधन नगर्नु जस्ता गम्भिर प्रकारका गतिविधिले नेपाल चिकित्सक संघ डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि मिति २०७५ साउन ३ गते बिहीबार देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने निर्णय भएकोले सो अनुुसार गर्नुु गराउनुु हुन नेपाल चिकित्सक संघका सम्पूूर्ण शाखाहरु एवं देशभरका सम्पूूर्ण स्वास्थ्य संस्था, चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु एवं स्वास्थ्यसंस्था आवद्ध कर्मचारीहरुमा यसै पत्रकार सम्मेलन मार्फत हार्दिक अपिल गर्दछौं ।’ संघको विज्ञप्तिमा उल्लेख छ ।

यति हुँदा पनि  सरकारले केसीको माग पूरा नगरे  देशभर आकस्मिक सेवा बाहेका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकाल सम्म बन्द गर्न बाध्य हुने चेतावनी पनि संघले दिएको छ ।

सत्ताधारी (ने.क.पा.) निकटका स्वास्थ्यकर्मीहरूले सरकारको प्रतिरक्षा गर्दै निकालेको प्रेस विज्ञप्ति:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?