९ चैत्र २०७९, बिहीवार

मध्य भियतनामका कैयौँ प्रान्त जलमग्न, ५४ जनाको मृत्यु

२०७४,आश्विन,२७,शुक्रवार १२:०८

0
Shares

हनोई, २७ असोज  ः भियतनामका उत्तरी र मध्य क्षेत्रमा जारी रहेको भारी वर्षा र भीषण बाढी पहिरोले गर्दा जनजीवन अस्तव्यस्त बनाएको छ ।उक्त बर्षा र बाढीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ५४ पुगेको सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।भीषण बर्षापछिको बाढी पहिरो कैयौँ बर्षयता आएका बाढी पहिरो भन्दा भयानक भएको बताइएको छ । बर्षा जारी रहेकोले उद्वारको कार्य निकै कठिन भएको पनि समाचारमा जनाइएको छ ।उत्तरी र मध्य क्षेत्रका कैयौँ प्रान्तमा परेको भारी बर्षाबाट अझै पनि ३९ जना स्थानीय नागरिक हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।यसैबीच मौसम विज्ञहरुले अर्को एक भीषण आँधी आफ्नो देशतर्फ आइरहेको चेतावनी दिएका छन् । यसका लागि सतर्क हुनुपर्नेमा उनीहरुको जोड रहेको छ ।हराइरहेका व्यक्ति जिवीतै भेटिने सम्भावना कम रहेको उद्वारकर्मीहरुले जनाएका छन् । भीषण वर्षाका कारण कतिपय बाँधहरू भत्किएका छन् भने ठाउ ठाउमा पहिरो गएको छ ।हनोइको प्राकृतिक विपद् उद्धार तथा नियन्त्रण समितिले ठूलो मात्रामा जनधनको क्षति पुगेको बताएको छ ।यस बाढीका कारण सबैभन्दा बढी प्रभावित हुनेमा होआ बिन प्रान्त रहेको छ । सो प्रान्तमा मात्र २६ जनाको ज्यान जानुको साथै केही व्यक्ति हराइरहेका छन ।त्यसैगरी मध्ये प्रान्त थान्ह होआ १४ को मृत्यु भएको हनोइको प्राकृतिक विपद् उद्धार तथा नियन्त्रणका अधिकारीहरुले जानकारी दिएको छ ।मङ्गलबारदेखि जारी रहेको यस वर्षाको कारण शुक्रबार पनि कैयौँ प्रान्त जलमग्न रहेको बताइएको छ ।भियतनाममा यसै बर्षको सुरुमा पनि जारी भारी बर्षा र आँधीका कारण करिब १७० व्यक्तिको मृत्यु भएको छ । (रासस÷एएफपी)

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार १२:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन अमेरिकालाई चेतावनी दिएको छ । चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई दक्षिण

काठमाडौं । मेरिल्याण्डमा बुधबार भएको सडक दुर्घटनामा छ जनाको मृत्यु भएको छ । इन्टरस्टेट हाइवे ६९५ मा भएको दुर्घटनमा कारमा

काठमाडाैं । भारतीय कांग्रेस नेता राहुल गान्धीलाई सुरत अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । ‘मोदी उपनाम’ टिप्पणी प्रकरणमा

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा बम चक्रवातले पश्चिमी तटीय राज्यमा विनाश मच्चाएको छ । हावाहुरीका कारण यहाँको अवस्था नाजुक बन्दै गएको

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००