काठमाडौं । स्याङजाको वालिङ नगरपालिका–१२ डाँडाखर्कस्थित भित्री सडकमा आज बिहान जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा स्याङ्जाकै वालिङ नगरपालिका–१२ का ६५ वर्षीय विर बहादुर दाला, सोही ठाँउकी ४५ वर्षीया हिरा दाला, २५ वर्षीया शर्मीला सारु, उनका ७ वर्षीय छोरा र वालिङ नगरपालिका १४ की ६१ वर्षीया कुल कुमारी कनौजे रहेका छन् ।
दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । गम्भीर घाइते भएका चालकसहित ३ जनालाई उपचारका लागि पोखरातर्फ पठाइएको प्रहरीले जनाएको छ ।
सामान्य घाइते भएका ३ जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको छ ।
डाँडाखर्कबाट वालिङतर्फ आउँदै गरको ग १ ज ७३ ९९ नम्बरको जिप आज बिहान १० बजे अनियन्त्रित भई पल्टिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया