काठमाडौं– अनसनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याउने तयारी गरिएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको आकस्मिक बैठकले केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ ।
केसीको स्वास्थ गम्भीर भएको भन्दै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल रिपोर्ट दिएपछि नेकपाले उनको सुविधासम्पन्न अस्पतालमा उपचार गरिनुपर्ने निष्कर्ष निकाल्दै हेलिकप्टरमार्फत काठमाडौं ल्याउने निर्णय गरेको हो । उनले आउन नमाने जबरजस्ती भएपनि ल्याउने तयारीमा सरकार छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले केसीलाई सीसीयुसहितको अस्पतालमा राख्नुपर्ने चिकित्सकहरुको सुझाव अनुसार उनको जीवनरक्षाको लागि सरकार र नेकपा गम्भीर बनाएका बताए । उनले केसीको जीवनरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै भनेका छन, ‘उहाँलाई सीसीयूसहितको अस्पतालमा राख्नुपर्ने अनिवार्य भइसकेको छ । त्यसैले सबैले उहाँको जीवनरक्षलाई पहिलो प्राथमिकता बनाऔं । त्यसपछि खुला ढंगले मुद्दामा छलफल गरेर समाधान खोजौं ।’
केसी १९ दिनदेखि जुम्लामा अनसनरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया