काठमाडौं । सत्तारूढ पाँचदलीय गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा निर्णय गर्ने जिम्मेवारी कार्यदललाई दिएको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँटको जिम्मेवारी कार्यदललाई दिने निर्णय गरेको हो ।
कार्यदलले रिपोर्ट दिएपछि मात्रै सिटको टुंगो लाग्नेछ । सोमबारसम्म महानगर-उपमहानगरमा कुन दलले पाउने भन्नेबारे टुंगो लाग्नेछ ।
सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गठबन्धनको बैठकले गरेको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति कार्यदल बनेको थियो । समितिले स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिको भागबन्डाबारे निर्णय गर्ने अधिकार दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया