स्याङ्जामा जिप दुर्घटना : पाँचको मृत्यु, छ जना घाइते

स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिका-१२ डाँडाखर्कमा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा परी  छ जना घाइते भएका छन् ।

बिहान १० बजेतिर डाँडाखर्कबाट वालिङतर्फ जाँदै गरेको ग १ ज ७३९९ नम्बरको जिप सडकबाट पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका ६ जनालाई उपचारका लागि ग्रह्रौँ प्राथमिक अस्पतालमा ल्याइएको छ भने जिपमा कति जना सवार थिए भन्ने खुलेको छैन ।

जिप सडकबाट दुई सय मिटर तल खसेको थियो । जिपमा ११ जना सवार थिए । तीमध्ये थप दुईजनाको अवस्था गम्भीर छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?