सप्तरी । सप्तरीको रुपनी गाँउपालिका–५ मुसहरनिय बसबिटीमा गएराती ट्रयाक्टर पल्टिदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी दुईजना घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक स्थानिय २८ वर्षीय रविन्द्र यादवलाई उपचारको लागी राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा घाइते भएका ट्रयाक्टरमा सवार स्थानिय ७१ वर्षीय भरत यादव र उनको १७ वर्षीय नाति सुभाष कुमार यादवको रुपनी स्थित युनिक अस्पतालमा उपचार भइरहेको छ ।
खाडो खोलाको डिलबाट गँहु लोड गरी बसबिटी गाँउतर्फ आउदै गरेको स १ त ५१ ५४ ट्याक्टर गएराती साढे १० बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया