१२ औं महाधिवेशनमा होमियो नेविसंघ, बागबजारमा सम्पर्क कार्यालयको उद्घाटन

काठमाडौं–१२ औं महाधिवेशनको मिति घोषणा गरेको नेपाल विद्यार्थी संघ (नेविसंघ) को असन्तुष्ट समूहले सम्पर्क कार्यालयको समेत उद्घाटन गरेको छ ।
बुधबार महामन्त्री कुन्दनराज काफ्ले ,उपाध्यक्ष रामप्रसाद अधिकारी, डील्लीराम सुवेदी, नवीन राई , प्रकाश रानालगायताका सयौ नेताकार्यकर्ताको उपस्थितिमा  बागबजारस्थित शंकरदेव क्याम्पसअगाडि महाधिवेशन सम्पर्क कार्यर्यालयको  उद्घाटन गरिएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

साताअघि असन्तुष्ट समूहले बहुमत केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठकको निर्णय भन्दै  आगामी साउन २३ देखि २५ गतेसम्म काठमाडौंको कीर्तिपूरमा महाधिवेशन गर्ने घोषणा गरेका थियो ।

बैठकले उपाध्यक्ष रामप्रसाद अधिकारीको संयोजकत्वमा १००१ सदस्सीय महाधिवेशन आयोजक समिति,  उनकै संयोजकत्वमा नियमावली तयारी समिति , अर्का उपाध्यक्ष डिल्लीराम सुवेदीको संयोजकत्वमा महाधिवेशनबाट पारित गर्ने नीति तथा कार्यक्रम समिति, नविन राईको संयोजकत्वमा विधान मस्यौदा तयार गर्न विधान समिति ,प्रचारप्रसार समिति, आवास तथा भोजन व्यवस्थापन समिति, शैक्षिक  प्रतिवेदन समिति, सांगठनीक तथा राजनीतिक प्रतिवेदन समिति, स्वयम्सेवक परिचालन समिति, मञ्च व्यवस्थापन समिति, अतिथि सत्कार समिति, खानेपानी, यातायात, विवाद निरुपण र आर्थिक  समिति समेत गठन गरेको थियो ।
असन्तुष्ट समूहले अध्यक्ष नैनसिंह महरको कार्यशैलीको चर्को आलोचना गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?