डुबेर दुई बालिकाको मृत्यु

धनगढी । कैलाली पूर्वी क्षेत्रस्थित रोरा नदीमा नुहाउने क्रममा डुबेर आज दुई बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–२ का संगीता ढकाल र पुष्पा धमाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बाख्रा चराउन जंगल गएका बेला गर्मी बढेपछि नदीमा नुहाउन गएका वेला बालिकाको डुबेर मृत्यु भएको हो । 

बालिका डुबेको खबर पाउनासाथ घटनास्थलमा पुगेका प्रहरी टोलीले उद्धार गरेर लम्कीस्थित अस्पतालमा पु¥याएकोमा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?