बाल गोपालको प्राचीन मूर्ति सहित २ पक्राउ

काठमाडौं । एकशताब्दी पुरानो भगवान बाल गोपालको प्राचीन मूर्ति सहित राजधानीबाट बुधवार दुईजना पक्राउ परेका छन् । सो मूर्ति चोरीको भएको दावी प्रहरीको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, पक्राउ पर्नेहरुमा पाल्पा छहरेका २७ वर्षीय दोलखबहादुर सोमाई र काभ्रे तिमालका ३७ वर्षीय दिपक मैनाली छन् ।

चाँदी र ढलोटबाट निर्मित उक्त मूर्ति विक्री वितरणका लागि ग्राहक खोजी रहेको अवस्थामा प्रहरीले शुरुमा सोमाईलाई काटेश्वरबाट नियन्त्रणमा लिएको थियो । 

अभियुक्त सोमाईले आठकिलो एकसय ७० ग्राम तौल रहेको ३४ सेण्टिमिटर अग्लो उक्त मुर्ति विक्री गर्नका लागि अर्का अभियुक्त मैनालीले जिम्मा दिएको वयान गरेपछि मैनाली ललितपुरको ग्वार्कोबाट पक्राउ परेका हुन् । 

उनीहरुको साथबाट बालगोपालको पुरातात्विक मूर्ति बरामद भएको छ । उनीहरुलाई प्राचीन स्मारक संरक्षण ऐन अन्तरगत कानुनी कारवाहीका लागि सम्वन्धि निकायमा बुझाइएको महाशाखाका प्रवक्ता नरेन्द्र उप्रतीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?