काठमाडौं । नेपाली कांग्रेसको नियमावली २०६८ को परिच्छेद ४, नियम २७ र २८ बमोजिम गठित केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा पुरुषोत्तम दाहाल नियुक्त भएका छन् ।
कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली २०६८ को परिच्छेद ४, नियम २७ र २८ बमोजिम गठित केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा दाहाललाई नेपाली कांग्रेसको नियमावली २०६८ को नियम २७(३) बमोजिम नियुक्त गरिएको हो ।
दाहाल विगत चार दशकदेखि पत्रकारिता क्षेत्रमा अनवरत रुपमा सक्रिय छन् । उनले विगत ३४ वर्षदेखि प्राध्यापन पेसामा समेत आवद्ध रहेका छन् ।
वि.सं. २०३१ देखि नेपालको लोकतान्त्रिक आन्दोलनमा संलग्न दाहाल मानव अधिकारकर्मी तथा साहित्यकार समेत हुन् ।
दाहालले २०४१ देखि २०५६ सम्म नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभागको सदस्य भएर काम समेत गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया