शुक्लागण्डकीमा माओवादीले पूर्वमन्त्री कोइरालालाई मेयरको उम्मेदवार बनाउने

लोकपथ
287
Shares

नेकपा माओवादी केन्द्रले शुक्लागण्डकी नगरपालिकाको मेयरमा पूर्वमन्त्री आशा कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको नगर कमिटीको बैठकले कोइरालालाई मेयरको उम्मेदवार बनाउने निर्णय सर्वसम्मत गरेको हो । हाल उनी गण्डकी प्रदेशसभा सदस्य हुन् ।

गठबन्धनमा शुक्लागण्डकीको मेयर माओवादीले दाबी गर्ने र मेयरमा कोइरालालाई उम्मेदवार बनाउन सिफारिस गरेको नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मनराज गुरुङले बताए ।

‘पार्टीले शुक्लागण्डकीमा जित हासिल गर्नलाई उहाँलाई अगाडl सार्नु पर्दछ भन्ने ढंगले मेयर बनाउने निर्णय गरेका हौं । उहाँको मागभन्दा पनि पार्टीलाई आवश्यकता हो’, उनले भने ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई माओवादीको समर्थनमा मेयरमा जिताएकाले यसपालि पैँचो तिर्नुपर्ने उनको भनाइ छ । गठबन्धनमा शुक्लागण्डकीको मेयर कुनै हालतमा नछाड्ने गुरुङको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?