नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले गठबन्धन सबैले जित्ने खालको हुनुपर्नेमा जोड दिएका छन् । स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी नेकपा (एकीकृत समाजवादी) तनहुँले आज आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले गठबन्धन भनेको ‘विन–विन’ खालको हुनुपर्ने बताए ।
गठबन्धन गर्दा एउटाले जितिरहने र अर्कोले हारिरहने हुन नहुने श्रेष्ठको भनाइ थियो । गठबन्धनका सबै दलको अस्तित्व स्वीकार गर्नुपर्नेमा उनले जोड दिए । “गठबन्धन कसैलाई जिताउनका लागि मात्र हुनु हुँदैन, सबैले जित्ने खालको हुनुपर्दछ, त्यसमा हामी प्रष्ट छौँ”, श्रेष्ठले भने।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज चित्र थापा, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विद्या ढकाल, जिल्ला अध्यक्ष शङ्करनारायण श्रेष्ठलगायतले स्थानीय तह निर्वाचनका सन्दर्भमा धारणा राखेका थिए ।
बैठकले स्थानीय निर्वाचनका लागि तयारी थाल्ने निर्णय गर्दै सुक्ष्म योजना बनाउने निर्णय गरेको छ । स्थानीय तह निर्वाचनमा गठबन्धन भए पनि नभए पनि आफ्नो तयारी थाल्ने निर्णय भएको जिल्ला सचिव श्रीराम कार्कीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया