२५ श्रावण २०७९, बुधबार

प्रहरी निरीक्षक अनिल ठकुरी पुरस्कृत

२०७४,आश्विन,२७,शुक्रवार ११:५९

9
Shares

काठमाडौं, २७ असोज—अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरे बाफत नेपाल प्रहरीले आफ्नो ६२ औं दिवसको अवसरमा लागू औषध नियन्त्रण व्यूरोमा कार्यरत प्रहरी निरीक्षक अनिल ठकुरीलाई सम्मान गरेको छ ।उनलाई प्रहरी प्रदान कार्यालयमा आयोजित एक विशेष कार्यक्रममार्फत बर्षको उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार सहित प्रशंसा पत्र प्रधान गरिएको हो ।विगत २ बर्षदेखि नेपाल प्रहरीको महत्वपूर्ण ईकाई लागु औषध नियन्त्रण व्यूरो, कोटेश्वरमा कार्यरत उनले लागु औषध अपराध नियन्त्रण एवं रोकथाममा उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।योहि योगदानको उच्च मूल्यांकन गरी उनलाई पुरस्कारको लागि सिफारिस गरी प्रहरी प्रधान कार्यालयद्वारा गठित पुरस्कार छनौट समितिले उत्कृष्ट अपराध अनुसन्धानकर्ताको रुपमा चयन गरेको हो ।लागु औषध नियन्त्रण व्यूरो कोटेश्वरमा कार्यरत रहँदा उनले नेपालमै पहिलो पटक दुर्गम भेगमा गरिएको अफिमको सफल अनुसन्धान, काठमाण्डौ उपत्यकाका औषधि पसलहरुमा अनुगमन तथा छापा, बिभिन्न मितिमा चरेश, खैरो हेरोईन, टिटि आदिको सफल अनुसन्धान गरेर चर्चा कमाएका थिए ।२०६४ मा प्रहरी सेवामा प्रवेश गरेका प्रहरी निरिक्षक ठकुरी नेपाल प्रहरीको राष्ट्रिय स्तरका सुटिङ खेलाडी समेत हुन् । 

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार ११:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिरहा । सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी,तस्करी भइरहेको पाइएको छ । प्रहरी प्रशासनले देखावटी रुपमा केहीमात्रामा चोरी पैठारी गरी

काठमाडौं । निर्वाचन आयोगले भदौ १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावली सच्याउन समय दिने भएको छ । आयोगका अनुसार प्रतिनिधि

बारा । मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । चोरी गरिएका १२ थान मोटरसाइकलसहित पक्राउ

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सबै उम्मेदवारहरुको समान हैसियत हुनेगरी समाचार प्रशारण तथा

ताजा समाचार

महिला फुटबलर दीपाले आईलिग छनोट खेल्ने
 २०७९,श्रावण,२५,बुधबार १०:५३
अछाममा ४ हजार ८० मतदाता थपिए
 २०७९,श्रावण,२५,बुधबार १०:५०
सी जिनपिङले डरलाग्दो बदमासी गरे : पेलोसी
 २०७९,श्रावण,२५,बुधबार १०:३५
आज पनि ‘पेन डाउन’ गर्दै नायबसुब्बाहरू
 २०७९,श्रावण,२५,बुधबार १०:२३
साकेलाका भूकम्पपीडितलाई राहत
 २०७९,श्रावण,२५,बुधबार १०:१४