अवैध सुन सहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक एकसय ३९ ग्राम सुन सहित पक्राउ परेका छन्  ।

उनलाई विमानस्थलको पार्किङ एरियाबाट मुखमा र झोलामा सुन लुकाई राखेको अवस्थामा पक्राउ गरिएको जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरीले बताएको छ । 

एयर अरेवियाको उडानद्वारा सारजाहा हुँदै मंगलवार काठमाडौं आएका भारतीय नागरिक महमत अजामलाई हेण्ड व्याग भित्र लुकाई ल्याएको सुन १ सय ३९ ग्रामको २ थान टुक्रा सहित पक्राउ परेका हुन् । 

उनलाई थप कारवाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?