अब देशमा राजा फर्किने सम्भावना छैन : कमल थापा

लोकपथ
119
Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब देशमा राजा फर्किने सम्भावना नरहेको बताएका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उक पोस्ट सेयर गर्दै अध्यक्ष थापाले राजा फर्किने बाटो राजाले नै बन्द गरिदिएको बताएका हुन् ।

उनले असम्भव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा नपर्नसमेत आग्रह गरेका छन् । उनले भनेका छन् ‘पार्टीहरु असफल भएर राजा आउने होईन।एउटा पार्टी असफल भए अर्को आउँछ। राजा फर्कने अरुनै कारण थिए।राजाले नै त्यो बाटो बन्द गरिदिए।अब असंभव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन।’

आफूलाई राजाको माया त लाग्ने भए पनि नफर्किने निष्कर्षका साथ आफूले राजा छोडेर हिन्दु राष्ट्रको अभियानमा लागेको भन्दै थापाले लिङ्देनको राप्रपा पनि विस्तारै आफ्नै लाइनमा आउने दाबी गरेका छन्।

कमल थापाको फेसबुक स्ट्याटस : 

नयाँ वर्षको अवसरमा मेरो पुरानो पार्टी र साथीहरुलाई हार्दिक मंगलमय शुभकामना।
राष्ट्रिय प्रजातन्त्र पार्टी र सो पार्टीका नेताहरुसँग मेरो गुनासो,वैमनस्यता छैन।तपाईंहरुको धैर्यता रहुञ्जेल राजा बोक्नोस्,मेरो शुभकामना छ।
विभिन्न कारणवश मैले राजाको एजेण्डा छोडेँ।तितो लाग्ला,अब राजा फर्कने संभावना सकियो।
पार्टीहरु असफल भएर राजा आउने होईन।एउटा पार्टी असफल भए अर्को आउँछ।राजा फर्कने अरुनै कारण थिए।राजाले नै त्यो बाटो बन्द गरिदिए।अब असंभव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन।असंभव एजेण्डा बोकेर हिन्दुराष्ट्रलाई वन्धक बनाउन हुँदैन।२/३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन।
मलाई थाहा छ,अन्ततः तपाईंहरु मेरै बाटोमा आउनुपर्छ।अहिले गालि गलौज र आरोपहरु खेपेर भएपनि तपाईंहरुको लागि म बलियो घर बनाएर राखि दिनेछु।पहिले पनि मैले बनाएकै घरमा तपाईंहरु आएको हो।त्यहाँ अझै केही समय रमाई राख्नोस्।
राजाको माया त लाग्छ,त्यसैले राजसंस्था प्रति मेरो सम्मान सदैव रहिरहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?