भोलि देशभरका अस्पताल बन्द गर्ने नेपाल मेडिकल संघको घोषणा

काठमाडौं । नेपाल मेडिकल संघले बिहिबार देशभरको स्वास्थ्यसंस्था बन्द गर्ने घोषणा गरेको छ । संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै डाक्टर केसीको माग पूरा गर्न  सरकारलाई दबाब दिन भन्दै बन्दको घोषणा गरेको हो । 

संघले पत्रकारसम्मेलनमा वितरण गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज आमरण अनसनको १९ औं दिनसम्म पनि नेपाल सरकारले गम्भिरता प्रदर्शन नगर्नु, डा. के.सी.ले उठाएका जायज मागहरुका सम्बन्धमा कुनै पनि ठोस कदम अगाडी नबढाउनु, चिकित्सक, स्वास्थ्यकर्मी तथा सर्वसाधारण नागरिकहरुले देशभर देखाएको ऐक्यबद्धता, धैर्यता र शान्तिपूर्ण आवाजलाई सम्बोधन नगर्नु जस्ता गम्भिर प्रकारका गतिविधिले नेपाल चिकित्सक संघ डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि मिति २०७५ साउन ३ गते बिहीबार देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने निर्णय भएकोले सो अनुुसार गर्नुु गराउनुु हुन नेपाल चिकित्सक संघका सम्पूूर्ण शाखाहरु एवं देशभरका सम्पूूर्ण स्वास्थ्य संस्था, चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु एवं स्वास्थ्यसंस्था आवद्ध कर्मचारीहरुमा यसै पत्रकार सम्मेलन मार्फत हार्दिक अपिल गर्दछौं ।’

यति हुँदा पनि  सरकारले केसीको माग पूरा नगरे  देशभर आकस्मिक सेवा बाहेका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकाल सम्म बन्द गर्न बाध्य हुने चेतावनी पनि संघले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?