कांग्रेसबाट बेनी मेयरको उम्मेदवारमा शर्मा सर्वसम्मत

लोकपथ
63
Shares

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस म्याग्दीको तर्फबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवारमा चीरञ्जीवी शर्मा सर्वसम्मत चयन भएका छन् ।

कांग्रेस नगरसमितिले बेनी नगरपालिकाको प्रमुखमा १० आकांक्षीलाई जिल्ला समितिमा गरेको सिफारिसअनुसार आज बसेको कांग्रेस म्याग्दीको पदाधिकारीको बैठकले शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

जिल्ला कार्यसमितिको पदाधिकारी बैठकले बाँकी नौ जनाकै समर्थनमा शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?