राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपालको प्रगतिलाई रोक्ने छेक्ने शक्ति असफल हुने भन्दै कुनै शक्तिले तेस्तो सपना देखेको छ भने त्यो दिवास्वप्न हुने बताएका छन् ।
आज नवलपुरको देवचुली प्रगतिनगरमा युबाहरुद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले राप्रपा नेपालको मार्गचित्र नै सहि र मुलुकको हितमा भएको समेत दाबी गरे ।
राप्रपा नेपाल युबाहरुको निमित्त खडा भएको पार्टी भन्दै कोहि युबाको भबिष्य बरबाद नहुने गरि आफुले राजनीतिक एजेन्डा बोकेको स्पष्ट पारे । राप्रपा नेपालमा लाग्दा कसैले पश्चाताप गर्नु नपर्ने भन्दै थापाले मुलुकलाई दुराअबस्थामा पुर्याउने भ्रष्टाचार , बेरोजगारी ,धर्मपरिबर्तन र कुशासनको विरुद्धमा युबाहरुले आवाज बुलन्द पार्नुपर्ने बताए ।
नियोजित र प्रायोजित रुपमा म माथी चरित्र हत्या गर्ने प्रयास भैरहेको भन्दै थापाले सबै षड्यन्त्रलाई चिरेर अघि बढ्ने बृढता र साहस आफुसङ्ग भएको समेत थापाले उल्लेख गरे । कार्यक्रममा बोल्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पार्टी नेतृत्व माथिको घेराबन्दी र षड्यन्त्रको भन्डाफोर गरिने बताए ।
कार्यक्रममा नेताहरु नगेन्द्र देउजा,लोकनाथ लामिछाने कृश्न घिमिरे , विशाल शर्मा लगायतले बोलेका थिए । सो अबसरमा विभिन्न युबाहरुलाई अध्यक्ष थापाले पार्टी प्रबेश गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया