कांग्रेस कार्यसम्पादन समिति बैठकमा महानगर र उपमहानगरको उम्मेदवारीबारे छलफल हुने

लोकपथ
42
Shares

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबारका लागि बोलाइएको छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
पौडेलका अनुसार स्थानीय तह निर्वाचनमा महानगर एवं उपमहानगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी सम्बन्धमा छलफल र आवश्यक निर्णय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?