१. निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध परेको रिटमा आजबाट प्रारम्भिक सुनुवाई सुरु, महाअभियोग प्रस्तावसँग सम्बन्धित कागजातहरू झिकाउन सर्वोच्च अदालतको आदेश ।
२. पार्टीले गरेको निर्णयअनुसार तालमेल प्रक्रिया अघि बढाउन मातहतका निकायलाई कांग्रेसको निर्देशन, निर्वाचनमा परिचालन हुनका लागि विभिन्न उप समिति बनाउने निर्णय ।
३. आगामी निर्वाचनपछि बहुमत ल्याएर पार्टीले पाँच वर्ष सरकार चलाउने एमाले अध्यक्ष केपी ओलीको भनाइ, एमालेप्रति जनताको आकर्षण बढेकाले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी ।
४. स्थानीय निर्वाचनमा तालमेल नमिले गठबन्धन भित्रबाटै कांग्रेससँग प्रतिस्पर्धा गर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, सबैतिर तालमेल गर्ने कोसिस भए पनि सहज नबनेको प्रतिक्रिया ।
५. वैदेशिक रोजगारीबाट आएको पुँजीलाई उत्पादनमा जोड्ने विशेष कार्यक्रम ल्याउनुपर्नेमा कांग्रेस नेता प्रदीप पौडेलको जोड, अनुत्पादक क्षेत्रमा बढेको लगानी रोकेर उत्पादनमा जोड्नमा भनाइ ।
६. आगामी स्थानीय चुनावमा तालमेल गर्नेबारे पार्टीमा कुनै निर्णय नभएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ, आफ्नो दललाई सघाउनेलाई दललाई आफूहरुले पनि सघाउने उद्घोष
७. संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको आजदेखि सुरु, सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको हक हित विपरित कुनै पनि निर्णय नगर्ने श्रममन्त्री कृष्णकुमार श्रेष्ठको निर्देशन
८. राप्रपा नेपालको प्रगतिलाई रोक्न र छेक्न खोज्ने शक्ति असफल हुने अध्यक्ष कमल थापाको भनाइ, राप्रपा नेपालको मार्गचित्र सही र मुलुकको हितमा भएको दाबी
९. विभिन्न निकायबाट आउने ऋण तथा अनुदान स्वीकार गर्ने सरकारको निर्णय, विश्व बैंकबाट १८ अर्ब ऋण र अमेरिकाले दिने ८० अर्बको अनुदान लिने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीको भनाइ ।
१०. कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न काठमाडौँ महानगरपालिकाको आग्रह, वर्गीकरण नगरिएका फोहोर गाडीसम्म ल्याए पुनःघरमा फर्काएर प्रतिव्यक्ति ५०० रुपैयाँ जरिवाना गर्ने ।
११. बिस्केट जात्राका लागि बुद्धकृष्ण बागश्रेष्ठले नवौं पल्ट जिब्रो छेडाए, जिब्रो छेडाएर नगर परिक्रमा गराए देशमा दुःख, रोग, अनिकाल र अनावृष्टि नहुने । जनविश्वास
१२. पछिल्लो २४ घण्टामा ५५ जनाले कोरोना संक्रमणमुक्त १४ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ४ सय ३८ मा झरे ।
१३. भारतमा कोरोना संक्रमितको सङ्ख्या ४ करोड ३० लाख नाघ्यो, कोरोनाको कारण मृत्यु हुनेको संख्या ५ लाख २१ हजारभन्दा बढी ।
१४. नेपाल राष्ट्रिय फुटबल टोलीले एएफसी एसिया कप–२०२३ अघि तीन अभ्यास खेल खेल्ने, छनोटको तयारीका लागि अफगानिस्तान, ओमन र यमनसँग मैत्रीपूर्ण खेल्ने तयारी ।
१५.र, नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाबे ‘ए’ सँग समान तीन खेलको एकदिवसीय र टी–२० शृंखला खेल्ने, घरेलु मैदान टियु क्रिकेट रंगशालामा हुने शृंखला ३० अप्रिलदेखि ९ मेसम्म चल्ने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया