काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सदन अवरोध जारी राख्ने निर्णय गरेको छ ।
सरकारले संसदमा दर्ता गरेको चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजे सदन अवरुद्ध गर्ने निर्णय गरेको हो ।
बुधबार बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले कर्णालीको जुम्लामा आमरण अनसरत डा. गोविन्द केसीको माग सम्बोधन गर्नका लागि सरकारलाई दबाव दिने बताएको छ ।
सडक र सदन दुवै क्षेत्रबाट सरकारमाथि दबाव दिने योजना अनुरुप विपक्षी दल कांग्रेसले डा. केसीको समर्थनमा चिकित्सक संघले गर्ने आन्दोलनलाई समर्थन गर्ने भएको छ ।
चिकित्सा शिक्षा विधेयक विरुद्ध कांग्रेस आइतबारदेखि संसद अवरुद्ध पार्दै आएको छ ।
सदनको बैठक बिहीबार बस्दै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया