सञ्जिवसँग कस्ने भइन् मेलिनाले लगनगाँठो

लोकपथ
2.2k
Shares

काठमाडौं । गायिका मेलिना राईले लगनगाँठो कस्ने भएकी छिन् । राईले चर्चित गिटारिस्ट तथा संगीतकार सञ्जिव बराइलीसँग लगनगाँठो कस्ने भएकी हुन् ।

दुवै जनाले शुक्रबार सामाजिक सञ्जाल सञ्जालमार्फत नयाँ सुरुवात भन्दै तस्बिर सार्वजनिक गरेका छन् ।

मेलिना र सञ्जिव पाँच वर्षदेखि गुपचुप प्रेममा रहेको सामान्य हल्ला चले पनि औपचारिक रुपमा बाहिर आएको थिएन । दुवैले एक–अर्काको तस्बिर पहिलोपटक फेसबुकमा राख्दै इन्गेजमेन्ट भएको जानकारी दिएका छन् ।

आफूहरु चाँडै बिहे गर्न लागेको भए पनि मिति भने तय भईनसकेको बताएका छन् ।

सञ्जिव नेपालका सर्वाधिक चर्चित र व्यस्त गिटारिस्ट तथा कम्पोजर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?