काठमाडौं ।नेपालमा पछिल्लो २४ घन्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९०३ जनाको कोरोना परीक्षण गर्दा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
३ हजार ३० जनाको पीसीआर र ८ सय ७३ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
अहिले देशभर ४ सय ३८ जना सक्रिय संक्रमित छन् भने ५५ जना संक्रमित निको भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया