काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट मेयरको उम्मेदवार बन्न लागेकी सुनिता डंगोलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छिन् । आगामी निर्वाचनमा काठमाडौं महानगरबाट मेयरको उम्मेदवार बन्ने घोषणा गरेकी डंगोलले ८ खम्बे विकासको मोडलसहित घोषणापत्र सार्वजनिक गरेकी हुन् ।
‘स्वच्छ, जीवन्त, संस्कृती नगर, व्यवस्थित कामठमाडौं महानगर’ भन्ने मूल नारासहित विभिन्न योजनाहरु सार्वजनिक गरेकी हुन् ।
पूर्व मिस नेवाः समेत रहेकी डंगोलले सार्वजनिक गरेको ८ खम्बे मोडलमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रुपमा पूर्वाधार विकास , सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा खेलकुद रोजगारी तथा उद्यमशीलता र रिसर्च एण्ड डेभवलपमेन्ट आदी रहेका छन् ।
साथै उनले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाहरु समेत समेटिएको छ ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै विभिन्न पार्टीबाट उम्मेदवार बन्नेहरुको नाम बाहिर चर्चामा आएको छ । त्यसको साथसाथै विभिन्न पेसा व्यवसाय अपनाउनेहरुले समेत स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया