‘वैदेशिक रोजगारीबाट आएको पुँजीलाई उत्पादनमा जोड्ने विशेष कार्यक्रम ल्याऔँ’

लोकपथ
105
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नागरिकहरुको लगानीमार्फत उत्पादनमा जोडिन सक्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

रेमिट्यान्सलगायत वैदेशिक रोजगारीबाट नाँगरिकले पठाइरहेको पुँजीलाई उत्पादनमा जोड्ने विशेष कार्यक्रम ल्याउन उनले सुझाव दिएका छन्।

नेता पौडेलले ट्वीटरमा लेखेका छन्- ‘वैदेशिक सहयोग,ऋण र अनुदान भन्दा प्राथमिकतामा नागरिकमार्फत लगानीको वातावरण निर्माण गर्नुपर्छ।

अनुत्पादक क्षेत्रमा बढेको लगानी रोकेर उत्पादनमा जोड्न सक्नुपर्छ । रेमिट्यान्सलगायत वैदेशिक रोजगारीबाट नागरिकले पठाइरहेको पुँजीलाई च्यानलिङ गरेर उत्पादनमा जोड्ने विशेष कार्यक्रम हुनुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?