अवैध लागुऔषध बरामद

लोकपथ
0
Shares

काठमाडौं । सिरहाको गोलबजार नगरपालिका-६ दोहटिया बस्ने २५ वर्षीय दिपेश रामलाई करिब २.५ सय मिलिग्राम अवैध लागुऔषधसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै रौतहटको फतुवा विजयपुर नगरपालिका-२ वरगेनिया टोलस्थित गोठबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोल ५ हजार पीस बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त गोठमा अवैध लागुऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियार र ईलाका प्रहरी कार्यालय लक्ष्मीनियाबाट खटिएको प्रहरीले उक्त लागुऔषध फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?