बालबालिकामन्त्री रेग्मी अस्पताल भर्ना

लोकपथ
140
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी अस्पताल भर्ना भएकी छिन् ।

टाउको दुख्ने, रुघाखोकीसहित स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको मन्त्री रेग्मीको स्वकीय सचिव हिमांक भण्डारीले लोकपथलाई जानकारी दिए ।

ज्वरो आउने र टाउको अत्यधिक दुख्ने समस्या भएपछि उनी एक हप्तादेखि मन्त्रीनिवास ललितपुरको पुल्चोकमा आराम गरेर बसेकी थिइन् । उनलाई टाउकोमा थप समस्या भएपछि उपचारका लागि बुधबार वीर अस्पताल भर्ना गरिएको भण्डारीको भनाइ रहेको छ ।

भण्डारीका अनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन अस्पतालमा नै राख्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?