पानीमा डुबेर दुई जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ झुप्रा खोला बस्ने सुरेश वादीको छोरी ६ वर्षीया खुस्बु वादीको सोही ठाउँस्थित खोलामा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै ओखलढुंगाको चम्पादेवी गाउँपालिका-२ भोगटेनीस्थित लिखु खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने भोज बहादुर मगरकी छोरी ९ वर्षीया अन्जुली मगरको बिहीबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?