चुनावी खर्च राज्यले बेहोर्नुपर्छ : डा. बाबुराम भट्टराई

लोकपथ
1.5k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव खर्च राज्यले बेहोर्ने प्रस्ताव अघि सारेका छन् ।

पैसा खर्च गरेर निर्वाचन जित्ने र त्यो खर्च उठाउनका लागि राज्यको दोहन गने प्रवृति बढेको भन्दै डा. भट्टराईले उक्त प्रस्ताव अघि सारेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डा. भट्टराईले जनप्रतिनिधि तथा नेताहरुले गर्ने भ्रष्ट्राचारलाई रोक्नका लागि तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिका बनाउनुपर्नेमा समेत जोड दिएका छन् ।

डा. भट्टराईले भनेका छन्, ‘चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं । पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो भन्ने कटुसत्य स्वीकारेर यसो गरौंः

१. तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिका

२. चुनावी खर्च राज्यले बेहोर्ने !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?