सत्य र मिलनको ‘सानी र्‍याइँ र्‍याइँ र्‍याइँ’मा आँचल र सपूत (भिडियो)

लोकपथ
2.5k
Shares

काठमाडाैं । प्रसिद्ध गायक तथा सङ्गीतकार सत्यराज आचार्य र गायिका मिलन नेवारले आवाजमा ‘सानी र्‍याइँ र्‍याइँ र्‍याइँ’ बोलको गीत सार्वजनिक भएको छ ।

देव गहतराजको प्रस्तुतिमा बिहीबार उक्त गीत भिडियाेसहित सार्वजनिक भएको हो ।

गहतराजकै शब्द र सङ्गीत रहेको गीतको सङ्गीत संयोजन गोपाल रसाईलीले गरेका हुन् ।

लोक शैलीमा आधारित डान्सिङ शैलीको गीतलाई म्युजिक भिडियोसहित तयार पारिएको छ । कविराज गहतराजले निर्देशन गरेको गीतमा गायक तथा अभिनेता प्रकाश सपूत र आँचल शर्माको अभिनय छ।

सौरभ लामाको छायाङ्कन अनि अर्जुन जिसीको सम्पादन रहेको भिडियोको रङ्ग संयोजन रेनिश फागोले गरेका छन् ।

किरण विक र कमल थापाले रेकर्ड गरेको गीतको मिक्सिङ अनि मास्टरिङ श्यामश्वेत रसाईलीले गरेका हुन् ।

नयाँ वर्ष २०७९ को अवसर पारेर सार्वजनिक गरिएको गीतलाई ‘सत्यस्वरुप’ युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?