काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ ७० पैसा र बिक्रीदर १३३ रुपैयाँ ३६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६० रुपैयाँ ५१ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ आठ पैसा मात्र र बिक्रीदर १३० रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५८ पैसा र बिक्रीदर ९१ रुपैयाँ तीन पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर ९७ रुपैयाँ ४१ पैसा छ ।
जापानी येन १० को खरिददर नेपाली नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ आठ पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा छ भने कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७३ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ८८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया