सात अर्बको हतियार किन्दै नेपाली सेना

काठमाडौं – सरकारले नेपाली सेनाका लागि छ अर्ब ९० करोड रुपैयाँ बराबरको हतियार किन्ने तयारी गरेको छ ।

 

चालु आर्थिक वर्षमा नाम नखुलाइएका छ हजार ४ सय ९२ थान र एम १६ सिरिजका १० हजार थान हतियार तथा गोलीगट्ठा खरिदको तयारी सरकारले अघि बढाएको हो ।

 

रक्षा मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई असार २९ मा पेस गरेको कार्ययोजनामा हतियार गोलीगट्ठा खरिद गर्ने उल्लेख छ ।

 

रक्षाको प्रतिवेदनअनुसार ‘सैनिक जवानले प्रयोग गर्ने व्यक्तिगत हतियार छ हजार ४९२ थान खरिदका लागि तीन अर्ब ४५ करोड चार लाख छुट्याइएको छ । यसमा मेसिनरी औजार पनि समेटिएको आजको नयाँ पत्रिकामा खबर  छापिएको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?