काठमाडौं । पूर्व संचार एवं सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ५ दलीय गठबन्धन सरकारले स्थानीय तहका चुनाव सार्ने षडयन्त्र गरे अब जनताले प्रतिवाद गर्ने बताएका छन् ।
विश्व खवरको पाँचौं वार्षिक उत्सवको अवसरमा काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा आयोजित कार्यक्रममा पूर्वमन्त्री गुरुङले स्थानीय चुनाव निर्धारित मितिभन्दा एक दिन पनि तलमाथि गरे गठबन्धन दलले ठूलो मुल्य चुकाउनु पर्ने बताएका हुन् ।
सरकारले स्थानीय तहको चुनाव विधि र पद्धतिभन्दा पनि सत्ता र शक्तिको दुरुपयोग गरेर कसरी जित्ने भनेर मात्र ध्यानकेन्द्रित गरेको उनले आरोप लगाए ।
पछिल्लो समय गठबन्धन सरकारको नालायकताको नमुना नै देशमा बढ्दो आर्थिक संकट भएको उनको आरोप छ ।
५ दलिय गठबन्धनले एमालेलाई हराउन जति मोर्चाबन्दी गरेपनि सचेत नेपाली जनताले ओली नेतृत्व सरकारले गरेको कामको मुल्याङकन गरेको र त्यसको नतिजा राम्रै आउने उनको दाबी गरे ।
‘परमआदेशको सरकार पहिला जनतालाई मुल्यवद्धिले आकाश छोएको छ । धेरै नेपाली जनताको घरमा चुलो बल्न नसक्ने अवस्था छ। त्यसको ध्यान दिउँ नियुक्तिको भागबन्डा त्यसपछि गर्नु,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया