१. आजबाट नयाँ वर्ष विक्रम संवत् २०७९ को आरम्भ, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना सन्देश ।
२. पाँचदलीय गठबन्धनलाई एमाले एक्लैले हराउने अध्यक्ष केपी शर्मा ओलीको दाबी, जनादेश शब्दले गठबन्धनको सातो जाने टिप्पणी ।
३. तत्कालीन नेकपामा प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को भनाइ, एमालेको नेतृत्वले पार्टीका नेताहरूलाई प्रतिक्रान्तिकारी र प्रतिगमनका बन्दी बन्न बाध्य बनाएको आरोप ।
४. नेतृत्वले सूर्यचिह्नलाई व्यावसायिक चिह्न बनाउन खोजेको नेकपा एमालेका नेता भीम रावलको आरोप, सूर्यचिह्नमा चुनाव लड्न दिने तर निर्वाचित व्यक्ति पुरानै हैसियतमा रहने गरी भएको सहमतिप्रति आपत्ति ।
५. गठबन्धनमा रहेका दलहरूको स्थानीय पार्टी कमिटीमा सहमति नजुटे तालमेल नहुने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाइ, व्यक्तिगतरुपमा आफू तालमेलको पक्षमा नरहे पनि पार्टीले गरेको निर्णय मानेको प्रतिक्रिया ।
६. ‘केन्द्रदेखि गाउँसम्म विभाजित भएर चुनावमा जाने छुट कसैलाई नभएको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको भनाइ, स्थनीय तहको निर्वाचनमा विजय हासिल गर्न एकजुट भएर लाग्न आह्वान ।
७. विपत्का विभिन्न घटनाले गत वर्ष २०७८ मा नेपालमा ठूलो जनधनको क्षति, ५ सय ७ जनाको मृत्यु, ७७ जना बेपत्ता, साढे २ अर्बभन्दा बढीको आर्थिक क्षति ।
८. आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट निर्माणका लागि सुझाव लिन अर्थ मन्त्रालयद्वारा खेलकुद क्षेत्रका विभिन्न संघसंस्था, प्रशिक्षक र खेलाडीसँग छलफल, खेलकुद क्षेत्रले खुसी मनाउने गरी नयाँ कार्यक्रम आउने अर्थमन्त्री जनार्दन शर्माको भनाइ ।
९. केपी ओली र प्रचण्डबीच तुलना हुन नसक्ने नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहको भनाइ, ओलीले भनेको कुरा गरेर देखाउने तर प्रचण्डको बोलीको ठेगान नभएको जिकिर ।
१०. विवेकशील साझा पार्टीले गठन ग¥यो प्रवक्ता पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति, स्थानीय निर्वाचनमा सातै प्रदेशका बढीभन्दा बढी स्थानीय तहमा उम्मेदवारी दिने पार्टीको तयारी ।
११. नेपालमा २३ लाख ४७ हजारबढीले लगाए बुस्टर डोज खोप, कोरोना भाइरस विरुद्धको खोप लगाउनेको संख्यामा कमी आएसँगै बुस्टर डोज लगाउनेहरूको संख्यामा पनि कमी आएको स्वास्थ्य मन्त्रालयको तथ्याङक ।
१२. विश्वमा कोरोना संक्रमितको संख्या ५० करोड नाघ्यो, ६२ लाख १४ हजार जनाको मृत्यु, कोरोना संक्रमणमुक्त हुनेको संख्या ४५ करोड २४ लाखभन्दा बढी
१३. फिलिपिन्समा आँधीपछि आएको बाढीपहिरोमा परी मृत्य हुनेको संख्या ६७ पुग्यो, दर्जनौँ घाइते, अझै १५० जना बेपत्ता
१४. एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भोलिबाट, बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाइयो
१५. र, युरोपा लिगअन्तर्गतको क्वाटरफाइनल खेलमा आज राति बार्सिलोना र फ्रान्कफर्ड भिड्दै, बार्सिलोनालाई घरेलु मैदानमै पराजित गर्ने उद्देश्यले मैदान उत्रँदै फ्रान्कफर्ड ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया