१३ चैत्र २०७९, सोमवार

राष्ट्रपति कार्यालय बाधक बन्दा राप्रपाका मन्त्रीको सथप रोकियो

२०७४,आश्विन,२७,शुक्रवार ११:४६

0
Shares

काठमाडौं, २७ असोज— प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुनर्गठनको तयारी गरेका छन् । देउवाले राप्रपाका तर्फबाट अध्यक्ष कमल थापासहितका ४ जनालाई मन्त्री बनाउने तयारी गरेका हुन् ।राप्रपा निकट उच्च स्रोतले संसद विघटनअघि नै माओवादी मन्त्रीले लिँदै आएको जिम्मेवारीलाई हेरफेर गर्दै देउवाले कमल थापासहितका ४ जनालाई मन्त्री बनाउने तयारी गरेको बतायो ।प्रम देउवाले शुक्रबार बिहान थापालाई मन्त्रीको सपथका लागि तयारी अवस्थामा बस्न फोनमार्फत भनेको समेत उच्च स्रोतले बतायो । देउवाले कमल थापालाई फोन गरेसँगै राष्ट्रपति कार्यालयलाई आवश्यक तयारी गर्न आग्रह गरेको भएपनि राष्ट्रपति कार्यालयले निर्वाचन आचारसंहितालाई देखाउँदै सपथको कार्यक्रम साँझसम्म नराखिदिएपछि समस्या उत्पन्न भएको स्रोतको भनाई छ ।‘कमल थापासहितका शीर्ष नेताहरु दिनभर प्रधानमन्त्री कार्यालयको फोनको प्रतिक्षामा रहनुभयो । तर, राष्ट्रपति कार्यालयले सपथको कार्यक्रम राख्न आनाकानी गरेपछि साँझसम्म समय फिक्स हुन सकेन’, राप्रपा स्रोतले भन्यो, ‘अझैंपनि प्रयास जारी छ।’स्रोतले एमाले र माओवादी केन्द्रको दवावमा राष्ट्रपति कार्यालयले सपथको कार्यक्रम राख्न नमानेको समेत आरोप लगायो ।यसअघि निर्वाचन आयोगले सरकार विस्तार गरिनु आचारसंहिता विपरित हुने भन्दै दुई पटकसम्म ध्यानाकर्णय गराएको थियो ।स्रोतका अनुसार देउवाले माओवादी केन्द्रबाट गृहमन्त्री रहेका जनार्दन शर्माको जिम्मेवारी हेरफेर गर्दै कमल थापालाई उपप्रमसहित गृहमन्त्री बनाउने तयारी गरेका छन् । यस्तै राप्रपाका जयन्त चन्द, दीलनाथ गिरी र सुशील श्रेष्ठ लाई पनि मन्त्री बनाउने तयारी रहेको बताइएको छ । राष्ट्रपति कार्यालयले सपथको समय मिलाएसँगै उनीहरुको पद तथा थोपनियताको सपथ गराउने तयारीमा देउवा रहेका छन् । 

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार ११:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

President Donald Trump said Wednesday the federal government will not be extending its coronavirus social distancing guidelines once they expire

No negative impact has been seen in the local people’s health and the environment around Sisdol area, the waste dumping

The Beni-Jomsom road that connects the trans-Himalayan district of Mustang with the rest of the country has been opened for

Minister for Communications and Information Technology, Gokul Prasad Banskota, has said a person from the ruling party itself would become

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६