काठमाडौं । उत्तर प्रदेश-११ लाई १४ रनले हराउँदै मलेसिया-११ नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको पहिलो सेमिफाइनल वर्षाका कारण प्रभावित हुँदा ५ ओभरमा झारिएको थियो ।
भैरहवाको शिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया-११ ले तीन विकेट गुमाउँदै ४४ रन बनाएको थियो ।
ओपनर बिरन्दिप सिंहले अविजित २० रन बनाए भने अर्का ओपनर सेइल अजिजले २३ रन बनाए ।
बलिङमा उत्तर प्रदेश -११ का राज यादवले तीनै विकेट लिएका थिए भने जवाफमा उत्तर प्रदेश-११ ले पाँच ओभरमा चार विकेट गुमाउँदा ३० रनमा रोकियो ।
यस्तै उसका शुभम चौधरीले सर्वाधिक ११ तथा राज यादवले ६ रन बनाए भने बलिङमा मलेसिया-११ का बिरन्दिप सिंहले दुई विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया