एन्फाको आधिकारिक फेसबुक पेज ह्याक

लोकपथ
70
Shares

काठमाडौं । नेपाली फुटबलको सर्बोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को आधिकारिक फेसबुक पेज ‘ह्याक’ भएको छ ।

बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत जनाएको हो । ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ ।

पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो । तर यसपटक भने एन्फाले पेज फर्काउन नसकिएको र नयाँ पेज खोलिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?