‘केन्द्रदेखि गाउँसम्म विभाजित भएर चुनावमा जाने छुट कसैलाई’

लोकपथ
1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट कसैलाई नभएका बताएका छन् ।

नेता कोइरालाले स्थनीय तहको निर्वाचनमा विजय हासिल गर्न एकजुट भएर लाग्न आह्वान समेत गरेका छन् । उनले बिहीबार बिहान नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै चुनावका बेला विभाजित नहुन कांग्रेस नेता–कार्यकर्तालाई अपिल गरेका हुन्।

साथै नयाँ वर्षलाई स्वागत गर्दा सङ्कल्प र अर्जुनदृष्टि कांग्रेसलाई तिनै तहको निर्वाचनमा विजयी बनाउने र नेपाली जनताको मुहारमा खुशी ल्याउने तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । नयाँ वर्षसँगै देशमा चुनावी माहौल तात्ने भन्दै वर्षभरि नै विश्राम गर्ने समय नभएको कोइरालाले बताए ।

उनले क्रियाशीलतामा मात्र कांग्रेस र लोकतन्त्रको भविष्य सुनिश्चित हुने र नेपाली कांग्रेसका सिपाहीले यो वर्षलाई ‘चुनावी वर्ष’ का रूपमा लिनु पर्ने बताएका छन् ।

यस्तै विरोधीहरु बलिया र संगठित रहेको भन्दै कांग्रेस एक हौँ भन्ने सन्देश निर्वाचन वर्षको पहिलो नारा हुनुपर्ने बताए । पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्ति विरुद्ध पनि संघर्ष गरिरहने उनको भनाइ छ ।

उम्मेद्वार तय गर्दा निष्पक्षताको लागि लड्ने तर प्रत्येक अनुकूल र प्रतिकुल परिस्थितिमा पनि व्यक्तिगत महत्वाकांक्षा र स्वार्थलाई त्यागी एक भएर विरोधीसँग लड्ने प्रण गर्नु आजको आवश्यकता रहेको कोइरालाको शुभकामना सन्देशमा उल्लेख छ ।

निर्वाचनको समयमा र पछि पनि आफू कार्यकर्ताको घर आँगनमा आएर भेटघाट, छलफल र बहस गर्ने उनले बताए । इतिहासले फेरि एक पटक काँग्रेसलाई नवजीवन सञ्चार गर्ने गहन जिम्मेवारी सुम्पिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?