सत्तारुढ नेपाली काँग्रेसले पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।
काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बुधबार अपरान्ह बसेको बैठकले केन्द्रिय सदस्यहरुको सुझावलाई समेत समावेश गरेर सो घोषणा पत्रको मस्यौदालाई पारित गर्ने निर्णय गरेको हो । पार्टी महामन्त्री गगनकुमार थापाले बैठकमा पेश गरेको सो मस्यौदामा केन्द्रिय सदस्यहरुको समेत सुझावलाई ध्यानमा राखेर पारित गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
त्यसैगरी बैठकले बन्द सूचिमा नाम रहेकाहरुलाई हटाउनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्न पार्टी केन्दिय कार्य समितिलाई अनुमति पनि दिएको छ । बैठकमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलका बारेमा भएको सहमतिबारे पनि बैठकमा जानकारी गराइएको पार्टीका प्रवक्ता महतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया